मापदण्ड भन्दा कम प्रोटिन प्रयोग गरेको भन्दै प्रोटिन पाउडर उत्पादकलाई कारवाही
मापदण्ड भन्दा कम प्रोटिन प्रयोग गरेको भन्दै केमि हब्र्स इन्ड्रष्ट्रिज प्रालिलाई कारबाही गरिएको छ ।
सो कम्पनीको उत्पादनलाई तत्काल उत्पादन तथा विक्री वितरणमा रोक समेत लगाइएको छ । केमि हर्ब्स इन्डष्ट्रिज प्रालिबाट उत्पादित 'एम प्रो' ब्राण्डको आहारपूरक खाद्य पदार्थ प्रोटिन पाउडरको लेवलमा ४५ प्रतिशत प्रोटिनको मात्रा दाबी गरिएकोमा उक्त प्रोटिन पाउडरको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा विश्लेषण गर्दा २ प्रतिशत भन्दा कम प्रोटिन पाइएको भन्दै कारबाही गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्सा, जिल्ला प्रसाशन कार्यालय, पर्सा र स्थानिय प्रहरी समेतको सहकार्यमा उक्त प्रोटिन पाउडरको उत्पादन तथा बिक्री वितरणमा तत्काल रोक लगाई खाद्य ऐन बमोजिम कारवाही गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण