महरालाई कारबाही गर्न काँग्रेस सभापति देउवाको माग
काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि कारबाही गर्न माग गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई कारबाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको आरोप लगाए ।
‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ देउवाको आपत्ति छ । दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कार्वाही नगरिएको ? भनि सरकारलाई प्रश्न गरे ।
‘त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको छ,’ सभापति देउवाको भनाई थियो, ‘त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन् ।’
अर्को प्रसंगमा सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको दावी गरे ।
कार्यक्रममा बोल्दै काँग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण