फेवा किनारामा अन्तराष्ट्रिय कला प्रदर्शनी
शनिबार, १८ असोज २०७६, १६ : १६
पोखरा – फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ ।
यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा भारतको आगरा, पन्जाब, राजस्थान, चण्डिगढ, दिल्ली लगायतका ११ विदेशी कलाकार र पोखराका नौ कलाकारको संयुक्त प्रदर्शनी गरिएको छ ।
नगेन आर्ट लाउन्ज बारका अध्यक्ष नमा खाँण ठकुरीका अनुसार बिहानदेखि बेलुुकासम्म प्रदर्शनी अबलोकन गर्ने व्यवस्था मिलाइएको छ ।
नेपालीहरूको महान चाड दशैँको अवसर पारी आयोजित प्रदर्शनीमा २० कलाकारका ३३ कलाकृति राखिएका उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण