भर्याङबाट ठेलेर भक्तपुरमा आफ्नै भाइको हत्या
भक्तपुर । आफ्नै भाईको भर्याङबाट धकेलेर हत्या गरेको अभियोगमा एक व्यक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका–२ घर भएका खिला अछामी रहेका छन् । अछामीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।
खिलाले भर्याङबाट धकेल्दा लडेर ४० वर्षीय नेत्र बहादुर अछामी गम्भीर घाइते भएका थिए । उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीले खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यता, आफ्नै छोराले धारिलो हतियार पिक प्रहार गर्दा नमोबुद्ध नगरपालिका–२ सल्लेनी बस्ने ४३ वर्षीय टेकबहादुर तामाङको शुक्रबार राति मृत्यु भएको छ ।
उनकै छोरा विजय तामाङले पिक प्रहार गर्दा गम्भीर घाइते भएका टेकबहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अभियुक्त विजयलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण