चट्याङले छ घाइते, दुई चौपाया मरे
अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ ।
त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र २२ वर्षीया कोपिला गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते अधिकांशले कान नसुन्ने तथा शरीरको विभिन्न ठाउँमा असर देखिएको प्रहरीको भनाइ छ । चट्याङका कारण स्थानीइ गञ्ज राइको गोठमा बाँधेका दुई वटा भेडा मर्दा रु ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै स्थानीय ८५ वर्षीय मानबहादुर राईको एक तले घर भत्किँदा रु ५० हजारको क्षति भएको प्रहरीको भनाइ छ ।
त्यसैगरी लाम्लुङ गाउँमा रहेको कैकुलघु जलविद्युत आयोजनामा रु ८५ हजार बराबरको क्षति भएको छ । सो विद्युत् आयोजनाबाट गाउँमा वितरण गरेको तीन हजार मिटरतार समेत डढेको जनाइएको छ । सो स्थान दुर्गम रहेको कारण गरी सूचना सङ्कलनमा समेत समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण