विश्व बैंकको साढे दुई अर्ब अनुदान सहायता स्वीकृत गर्नेदेखि यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
काठमाडौँ । गत असोज १७ गने बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू. २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :
१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू. २ अर्व ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।
२. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।
३. आर्थिक वर्ष ०७६÷७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।
४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।
५. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।
६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे
-
कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो
-
कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल
-
पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’
-
पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
-
चुनौतीका चाङमाथि यामलाल कँडेलको सत्ता यात्रा