रोनाल्डोको नाममा स्टेडियम
एजेन्सी – पोर्चुगिज क्लब शीर्ष डिभिजन क्लब स्पोर्टिङ लिस्वनले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाममा रंगशालाको नामाकरण गर्ने भएको छ । स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष फेडरिको भरानडासले रोनाल्डो क्लबको सिम्वोल रहेकाले जोसे अलभालाडे स्टेडियमलाई रोनाल्डो नामाकरण गर्ने तयारी भएको बताएका छन् ।
‘रोनाल्डो पोर्चुगलका सान हुन् । उनी अहिले व्यावसायिक फुटबलमा जमिरहेका छन् । रोनाल्डोले सबै खाले फुटबलबाट सन्न्यासको घोषणा गरेको दिन उनको बाल्यकलको क्लब स्पोर्टिङको स्टेडियमलाई रोनाल्डोको नाममा नामाकरण गरिनेछ,’ फेडरिकोले भने । फेडरिकोले रोनाल्डो पोर्चुगलको मात्र नभई विश्वकै उत्कृष्ट खेलाडी भएको पनि बताए ।

फेडरिकोले स्टेडियमको नाम रोनाल्डो राख्दा नयाँ पुस्तालाई फुटबलमा लाग्न प्रेरणा मिल्ने पनि बताए । रोनाल्डोले स्पोर्टिङ लिस्वन छाडेको १७ बर्ष भईसकेको छ ।
५० हजार दर्शक क्षमताको उक्त जोसे अलभालाडे स्टेडियमको नाम स्पोर्टिङ लिस्वन क्लबको संस्थापक पहिलो सदस्यको नाममा राखिएको थियो । रोनाल्डाको नाममा स्टेडियकमो नामाकरण गरिए रोनाल्डो पक्कै खुशी हुने फेडरिकोको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण