राजपा नेपालका कारण पार्टी एकतामा ढिलाई भएको समाजवादी पार्टीको निष्कर्ष
काठमाडौ – समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपालका कारण एकतामा ढिलाई भएको निष्कर्ष निकालेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेका पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । समाजवादी पार्टी र राजपा नेपालको बीचमा लामो समयदेखि एकताका लागि अनौपचारिक छलफल हुँदै आएको छ ।
तर हालसम्म त्यसको टुंगो लागेको छैन । त्यसै विषयमा छलफल गर्दा राजपा नेपालले कुनै निर्णय नदिँदा एकतामा ढिलाई भएको निष्कर्ष निकालिएको प्रचार विभागका प्रमुख प्रशान्त सिंहले बताए ।
‘राजपा नेपालका नेताहरुले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, उहाँको नै ठेगान छैन, त्यही भएर एकतामा ढिलाई भएको हो,’ उनले भने, ‘समाजवादी पार्टी एकताका लागि तयारी भएर बसेको छ तर राजपा नेपालमा नै कुरा मिलेको छैन त्यही भएर ढिलाई भइरहेको छ । राजपा नेपालको बाटो अझै केही दिन छलफल भएको छ ।’
एकताको विषयमा पार्टीको केन्द्रीय समितिको बैठकमा समेत छलफल हुन्छ । केन्द्रीय समितिको बैठक कात्तिक २९ र ३० गतेका लागि बोलाएको छ । त्यसअघि कात्तिक २८ गते संघीय परिषदको बैठक पनि बस्नेछ ।
एकताकै लागि महाधिवेशनको मिति तोकिएको छैन । असोज २९ गतेदेखि पार्टीको महाधिवेशन तय गरेको थियो । तर एकताको टुंगो नलागेको कारण महाधिवेशनको अर्को मिति तय गरेको छैन । राजपा नेपालसँग एकता गरेर मात्र एकताका महाधिवेशन गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण