४ वर्षपछि सवारी ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ
ललितपुर– प्रहरीले सवारी ज्यान मुद्धामा फरार एक अभियुक्तलाई चार वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोले घटना भएको ४ वर्षपछि सिन्धुपाल्चोकका पदमबहादुर रानालाई पक्राउ गरेको हो।
२०७२ फागुन १० गते महालक्ष्मी–४ लामाटार लुभूबाट गंगाटार तर्फ गइरहेको समयमा चौतारासाँगाचोकगढी नगरपालिका वडा नं. ४ ठूलो सिरुवारी सिन्धुपाल्चोकका २२ वर्षीय रानामगरले सवारी दुर्घटना गराएका थिए ।
मिनी ट्रक चालक रानामगरले बा १ ख ८४०० नम्बरको चलाएको ट्रक पल्टिदा ट्रकमा सवार मिना राई र राकेश अमात्य घाइते भएका थिए । तर उपचारको क्रममा राकेश अमात्यको किष्ट अस्पताल इमाडोलमा मृत्यू भएको थियो । दुर्घटनापश्चात चालक रानामगर फरार थिए ।
घटनापछि विकास अमात्यले मिनी ट्रक चालक पदम बहादुर रानामगरको संलग्नता भएको भन्दै उनको नाममा किटानी जाहेरी दिएका थिए ।
राना मगरलाई महानगरिय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले असोज २९ गते ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको वृत्त प्रमुख गौतम मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण