४ वर्षपछि सवारी ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ
ललितपुर– प्रहरीले सवारी ज्यान मुद्धामा फरार एक अभियुक्तलाई चार वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोले घटना भएको ४ वर्षपछि सिन्धुपाल्चोकका पदमबहादुर रानालाई पक्राउ गरेको हो।
२०७२ फागुन १० गते महालक्ष्मी–४ लामाटार लुभूबाट गंगाटार तर्फ गइरहेको समयमा चौतारासाँगाचोकगढी नगरपालिका वडा नं. ४ ठूलो सिरुवारी सिन्धुपाल्चोकका २२ वर्षीय रानामगरले सवारी दुर्घटना गराएका थिए ।
मिनी ट्रक चालक रानामगरले बा १ ख ८४०० नम्बरको चलाएको ट्रक पल्टिदा ट्रकमा सवार मिना राई र राकेश अमात्य घाइते भएका थिए । तर उपचारको क्रममा राकेश अमात्यको किष्ट अस्पताल इमाडोलमा मृत्यू भएको थियो । दुर्घटनापश्चात चालक रानामगर फरार थिए ।
घटनापछि विकास अमात्यले मिनी ट्रक चालक पदम बहादुर रानामगरको संलग्नता भएको भन्दै उनको नाममा किटानी जाहेरी दिएका थिए ।
राना मगरलाई महानगरिय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले असोज २९ गते ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको वृत्त प्रमुख गौतम मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा