एनआईसी एशिया बैंक र वर्ल्ड लिंक बीच सहकार्य
बिहीबार, ३० असोज २०७६, १८ : ३५
काठमाडौं– एन आई सी एशिया बैंक र वर्ल्ड लिंक कम्युनिकेसन्स् बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व) सम्म वर्ल्ड लिंकको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै वर्ल्ड लिंकका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्कको तर्फबाट वर्ल्ड लिंकका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण