सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा पटका बरामद
शुक्रबार, ०१ कात्तिक २०७६, १५ : १०
झापा– सशस्त्र प्रहरीले काँकडभिट्टा सीमा नाकाबाट ठूलो मात्रामा बिस्फोटक पदार्थ पटाका बरामद गरेको छ । शुक्रबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको मोबाइल टोली ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर दैनिक रुपमा नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा बरामद गरिएका अवैध सामानसहित पटाका मेची भन्सार कार्यालयमा दाखिला गरेको गुल्मपति सशस्त्र नायब उपरीक्षक ज्ञानमणि पौडेलले
बताए । लाखौ बराबरको उक्त सामान सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद गौतमको कमान्डमा खटिएको मोबाइल गस्तीले बरामद गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण