आलमको बचाउमा उत्रिएका देउवा ‘ब्याक’
काठमाडौं – सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त अभिव्यक्तिमा संशोधन गरेको छन् ।
शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले आलम पक्राउको विरोध गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि देउवाले शनिबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काँग्रेसले सहयोग गर्ने बताएका छन् ।
१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै देउवाले त्यतिबेला के हेरेर बसेको भन्दै प्रश्न गरेको थिए । उक्त अभिव्यक्तिलाई संशोधन गर्दै विज्ञप्तिमार्फत देउवाले भने, ‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’
कानुनी राज्यमा विश्वास गर्ने नेपाली काँग्रेस कोहीमाथि पनि अनुसन्धानको विपक्षमा नउभिने उनको तर्क छ । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।
२०६४ सालमा सम्पन्न पहिलोे संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा रौतहटमा केही मानिसको मृत्यु भएको थियो । केही घाइते भएका थिए ।
तर प्रमाण नष्ट गर्नका लागि उनीहरुलार्ई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि असोज २६ गते आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
