सुन चोरी गर्ने भारतीय नागरिक पक्राउ
अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट रु चार लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
विगत १२ वर्षदेखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगढको रूपमा काम गर्दै आइरहेका भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मूल्य रु चार लाख ६४ हजार ८१४ बराबरका सुनका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
गएराति सुन पसलबाट सुनका गहना चोरी गरेका उनलाई सिसिटिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
उनले दाजुसँग भारतबाट आउँदा लिएको ऋण तिर्न चोरी गर्नुपरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण