राष्ट्रपतिको म्यानमार भ्रमणः म्यानमारले दियो उच्च प्राथमिकता
राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाइमा पुगेको छ । उतिबेला बर्मा भनिने हालको म्यानमारसँग नेपालको पुरानो जनस्तरको सम्बन्धलाई राष्ट्रपतिको भ्रमणले नवीकरण गरेको छ ।
यतिमात्र होइन, लोकतान्त्रिक आन्दोलनको एक नेत्रीका रूपमा बर्माको लोकतान्त्रिक आन्दोलनका पिता बोग्योक आङ सन सङ्ग्रहालय भ्रमण गरेर दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको अभिव्यक्ति यहाँका कूटनीतिज्ञ, व्यापारी, बुद्धधर्मका अनुयायी तथा सर्वसाधारणले दिएका छन् ।
म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका राष्ट्रपति भण्डारीको पाँचदिने भ्रमण (असोज २९ देखि कात्तिक ३)ले दुवै देशका सरकार र नागरिकस्तरमा समेत विशेष चर्चा र उच्च महत्त्व पाएको छ । नेपाली राष्ट्राध्यक्षको चार दशकपछि भएको यो राजकीय भ्रमणले नेपाल–म्यानमार सम्बन्धमा गुणात्मक फड्को मारेको विश्वास गरिएको छ ।
म्यानमारको नयाँ राजधानी नेपितो नेपालका राष्ट्रपतिको स्वागतमा पूरै सिँगारिएको थियो । सडकका चोकचोकमा फहराइएका नेपालका झन्डा र पानीका आकर्षक फाउन्टेन देखेर स्थानीय बुद्धको भूमिबाट म्यानमारमा भ्रमण गरिरहेकी नेपालका राष्ट्रपतिको विशेष महत्त्व राख्दै चासो अभिव्यक्त गरिरहेका थिए । म्यानमारका राष्ट्रपतिको भवनमा गरिएको राष्ट्रपति भण्डारीको भव्य स्वागत र ओजपूर्ण सम्मानगारत निरीक्षणलाई म्यानमारका सञ्चारमाध्यमहरूले महत्त्वका साथ प्रकाशन र प्रसारण गरिरहे । योे समाचार आजको गोरखापत्र दैनिकमा कृष्णमुरारी भण्डारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण