१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
सारांश
- विपक्षी दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित पारेको आरोप लगाएका छन् ।
- बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको छ ।
- भारतको बथनाहादेखि विराटनगरसम्म कार्गो रेलको सफल परीक्षणले कोशी प्रदेशको व्यापारिक वृत्तमा उत्साह थपेको छ ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. कूटनीतिमाथि विपक्षीको प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित बनाएको भन्दै विपक्षी दलले आपत्ति जनाउन थालेका छन् । यो सरकारले परम्परादेखि छिमेकीसँग रहँदै आएको सम्बन्ध बिगारेको, अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्ने खालको काम गरेको उनीहरूको आरोप छ ।
२. कोशी प्रदेश १०औँ मुख्यमन्त्री ?
सुदूरपश्चिम, कर्णालीपछि बाग्मतीको प्रदेश सरकारमा एमाले–कांग्रेसका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि अन्ततः ती दुई दलको गठबन्धन टुटेको छ । एमाले र कांग्रेसको गठबन्धन भत्किएपछि दुई वामपन्थी दल एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच नयाँ गठबन्धनको तयारी भएको नेताहरू बताउँछन् ।
३. इतर समूहको एकै स्वर
नेपाली कांग्रेसको संस्थापनइतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहका नेताहरूले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको एकलौटी कार्यशैली नसच्चिए पार्टी विभाजनको बाटोमा जाने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवस हो साउन ६ गते । घाँटीको क्यान्सरका कारण २०३९ साउन ६ गते उनको निधन भएको थियो ।
४. कार्गो रेल
भारतको बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसीपी), बुधनगरसम्म सोमबार कार्गो रेलको आगमनले कोशी प्रदेशको व्यापारिक वृत्तमा उत्साह सञ्चार गरेको छ । यस उत्साहसँगै एउटा प्रश्न पनि उब्जिएको छ– के यो कार्गो रेल सेवा नियमित रूपमा सञ्चालन होला ?
५. बागमती सरकार
बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पटक–पटक राजीनामा दिने भाखा सार्दै आएको एमालेले बुधबार भने मुख्यमन्त्री कार्यालयमा राजीनामापत्र दर्ता गराएको छ ।
६. फेरि सहकार्यको प्रयास
वाम गठबन्धन भत्किएको २४ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि नजिकिएका छन् । प्रदेशमा नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धन सङ्कटमा परेको बेला ओली र प्रचण्ड नजिकिएका हुन् ।
७. एमआरपीमा समस्या
विदेशबाट आयात हुने वस्तुमा भन्सार बिन्दुमै अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने नियम कार्यान्वयनबाट सरकार पछि हटेको छ । साउन १ गतेदेखि कडाइका साथ लागू गर्ने भनिएको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सरकारले पुनः व्यापारीहरूको ‘स्वघोषणा’लाई नै मान्यता दिएको छ ।
८. विध्वंसको धक्का
सर्वोच्च अदालतले २०८१ साउन १ गतेदेखि न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना लागु गर्दै मुद्दा फस्र्योटलाई प्राथमिकतामा राखेको थियो । तर, २०८२ भदौ २४ को विध्वंसका क्रममा अदालतमा भएको आगजनीका कारण उक्त रणनीतिक योजना प्रभावित भएको छ ।
९.सुकुमबासीका पीडा
सरकारले खोला किनारबाट उठीबास लगाएपछि सुकुमबासीहरूको यतिबेला बेहाल छ । एक्कासि थातथलो छाडेका उनीहरूलाई सरकारले न पुनस्र्थापना गर्न सकेको छ न त कतै दिगो व्यवस्थापन नै ।
१०. मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबरा बसेको बैठकले नियुक्ति, शुल्क छुट र छानबिन समिति गठन सहितका ६ वटा निर्णय गरेको जानकारी दिए ।
११. कसरी हुँदैछ पुनर्निर्माण ?
जेनजी आन्दोलनका क्रममा आगलागीमा परेका मुलुकका प्रमुख प्रशासकीय संरचना तथा विशिष्ट पदाधिकारीका निवासहरूको पुनर्निर्माणको कार्य विभिन्न चरणमा भइरहेका छन् ।
१२. त्रिवि दिवस
विगतका सरकारले गरेका राजनीतिक नियुक्तिहरू अध्यादेशबाट खारेज भएसँगै रिक्त रहेका आधा दर्जनभन्दा बढी विश्वविद्यालयको नेतृत्वको सरकारले एकसाथ पदपूर्ति गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सातवटा विश्वविद्यालयका उपकुलपतिहरू नियुक्ति गरेर शपथ ग्रहण गरेकै दिन फेसबुकमा बधाई दिएर सामूहिक तस्बिर राख्दै लेखेका थिए, ‘लेट्स बिल्ड आवर युनिभर्सिटिज टुगेदर’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण