ओली–दाहाल विवादमा अर्का नेता नेपाल किन ‘मौन’ ?
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका छन्।
पार्टी एकताको बेला भएका समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै पार्टीका अध्यक्ष दाहालले पार्टीका नेतासँग गुनासो गर्दा नेपाल भने मौन बसेका हुन्। उनले पार्टीका पछिल्ला गतिविधि र ओली दाहालबीच देखिएको आन्तरिक विवादमा केही पनि बोलेका छैनन्।
पार्टी एकताको समयमा भएको मध्ये आलोपालो प्रधानमन्त्री बन्ने समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दे पूर्वएमालेका नेतासँगको भेटघाटलाई अध्यक्ष दाहालले तिव्रता दिएका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी वा सरकारमध्ये एक जिम्मेवारी दिने आश्वसन दिए पनि बेलाबखत धोका महशुस गर्दै आएका छन्।
ओलीले भने समय नै नआई दाहालले हतार गर्न थालेको भन्दै समयआएपछि कार्यान्वययनतर्पm जाने बताउन थालेका छन्। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण