राजनीतिज्ञमा निष्ठाको खाँचो छ: पूर्वसभामुख नेम्वाङ
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताएका छन् । चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानले चन्द्रबहादुर गुरुङको चौंथो स्मृतिसभामा आज आयोजित कार्यक्रममा उनले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री गुरुङले संविधानसभामा फरक मत राखेर पनि संविधान निर्माणमा सहयोग गर्नुभएको बताए ।
पहिलो संविधानसभामा उक्त पार्टीको नेतृत्व गरेका गुरुङले धर्मलगायत विषयमा फरक मत प्रकट गरेर पनि बहुमतलाई सम्मान गर्दै देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्न भूमिका निर्वाह गर्नुभएको पूर्व सभामुख नेम्वाङको भनाइ थियो ।
पार्टीका अध्यक्ष कमल थापाले राजनीतिमा अहिले अपराधीकरण बढेर गएको र शक्ति तथा सत्ताका लागि अमानवीय तरिकाले हत्या हिंसाका घटना भइरहेकाले त्यस्ता घटनालाई नियन्त्रण गर्न सरकार संवेशदनशील हुनुपर्नेमा जोड दिए । मुलुकको विकास र समृद्धिका लागि उद्योगको विस्तार गरी उत्पादन बढाउनुपर्नेमा उनले जोड दिए ।
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले गुरुङको राजनीतिक निष्ठालाई सम्मान गर्नुपर्ने बताउँदै देशको राष्ट्रियताको पक्षमा सबै दलको साझा मत हुनुपर्छ भन्ने वैचारिक चिन्तनबाट गुरुङ निर्देशित हुनुभएको बताए । समाजसेवा, खेलकूद र राजनीतिक क्षेत्रमा गुरुङको योगदान उल्लेखनीय रहेको अन्य सहभागीहरूले त्यसबखत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण