तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
सारांश
- काठमाडौँको तारकेश्वर नगरपालिकामा चोरीका सुनचाँदीका गहना र औजारसहित दुई जना पक्राउ परेका छन्।
- जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले उनीहरूलाई तारकेश्वर नगरपालिका-११ हिले टोलबाट नियन्त्रणमा लिएको हो।
- पक्राउ परेकाबाट विभिन्न सुनचाँदीका गहना र ढोका फोड्ने औजार बरामद भएको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा चोरीका सुनचाँदीका गहना तथा ढोका फोड्न प्रयोग हुने औजारसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त टोलीले मंगलबार उनीहरूलाई तारकेश्वर नगरपालिका-११ हिले टोलबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१० घर भई हाल काठमाडौँको नयाँबजार बस्ने २६ वर्षका एन्जल लामा र सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका-१ घर भई हाल खुसिबु उत्तम चोक बस्ने ४९ वर्षका किन्जु शेर्पा रहेका छन्।
काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित एक घरमा डेरा गरी बस्ने मानिसको कोठाबाट जेठ १० गते दिउँसो १:०० बजेतिर सुनचाँदीका गहना चोरी भएको थियो। उक्त सूचनाका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा चोरी भएका गहना र ढोका फोड्न प्रयोग हुने औजारसहित उनीहरूलाई फेला पारेको हो।
उनीहरूका साथबाट पोतेसहितको सुनको जन्तर एक थान, सुन जडित मोती माला एक थान, सुन जडित पञ्चरत्न बाला एक जोर, सुनको मुन्द्रा एक थान, चाँदीको बाला तीन थान, चाँदीको मुन्द्रा एक थान र ढोका फोड्न प्रयोग हुने रेड र पेन्चिस एक थान बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण