अन्नपूर्ण आधार शिविरमा हिउँ पहिरोले पुरिएर एक जनाको मृत्यु
बुधबार, ०६ कात्तिक २०७६, १७ : ५१
पोखरा– अन्नपूर्ण आधार शिविरको पदमार्गमा हिउँ पहिरोले पुरिएर एक नेपाली युवकको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ बगर बेस क्याम्प नजिक एक्कासी हिउँको चट्टान फुटेर ३ पदयात्री पुरिएका थिए ।
हिउँ पहिरोमा पुरिएकामध्ये २ जनालाई जीवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारसँगै पदयात्रामा निस्किएका पोखरा महानगरपालिका ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनालको हिउँ पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको छ भने पस्र्याङकै १८ वर्षीय निरञ्जन कोइराला र पोखरा ११ फूलबारीका २० वर्षीय सन्तोष बास्तोलालाई सामान्य अवस्थामै उद्दार गरिएको छ ।
अहिले घाइते २ को मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण