प्रतिज्ञा
एकजना अफिसर थियो । ऊ जहाँ पनि पाएसम्म भ्रष्टाचार गर्थ्यो । घुस खान्थ्यो । दुनियाँका अगाडि बडो इमान्दारीको स्वाँग गर्थ्यो । एकदिन उसले छिमेकीका अगाडि प्रतिज्ञा नै गर्यो, “म घुस भनेपछि कुनै हालमा हात थाप्दिनँ । थापें भने मेरो हात कुष्ठरोगले कुहिएर झरोस् ! सुन्नुभो ?”
प्रतिज्ञा सुनेर छिमेकीहरुले आपसमा मुखामुख गरे । “प्रतिज्ञा पालन गर्न सके राम्रो !” एकजना बूढा छिमेकीले त छोटकरीमा यस्तो प्रतिक्रिया पनि दिए ।
“प्रतिज्ञा भन्ने कुरा पालनकै लागि गरिन्छ, हैन र ?” घुस्याहाले दायाँतिरका जुँघा दायाँ हातका औंलाले बटार्दै छिमेकीतिर हेरेर भन्यो, “म बोलेपछि पूरा गरिछाड्ने मान्छे हुँ ।”
केही दिनपछि छिमेकनजिकैको एकजना रकमी मान्छे घुस्याहा हाकिमसित काम परेर उसको घरमा गयो । बैठकको एकान्तमा केहीछिन कुरा गरेपछि ब्रिफकेस खोलेर नोटका बिटा निकाल्यो र भन्यो, “यो हजूरका लागि मेरो सानो उपहार !”
“न, न मैले घुसको धन हात नथाप्ने प्रतिज्ञा गरेको छु । यो पनि घुस त हैन ?” अफिसरले भन्यो ।
“हैन हजूर, यो त उपहार हो ! हजुरलाई यो हातमा थाप्दा हात कुहिएर झर्ला कि भन्ने शंका लाग्छ भने म हजूरको ब्रिफकेसमा राखिदिन्छु, ब्रिफकेस कुहिने, झर्ने हैन क्यारे !” रकमीले मुस्कुराउँदै कुरा राख्यो !
भ्रष्टाचारीलाई रुपियाँका बिटा छोड्न त मनै थिएन । कसरी कुन बहानाले लिने भन्ने अलमलमा मात्र थियो । उसले भन्यो, “लौ तपाईं त्यसै भन्नुहुन्छ भने म नाइँनास्ती कसरी गरुँ ? ऊ त्यहाँ दराज खुला छ, त्यहीँ राखिदिनोस् !”
दराजमा नोटका बिटा राखिदिँदै रकमीले मनमनै भन्यो, “घुस्याहाले घुस खान्न भन्ने प्रतिज्ञा गर्नु र भुस्याहा कुकुरले फोहोर खान्न भन्ने प्रतिज्ञा गर्नु एकै हो । नभेट्टाएसम्म खाँदैन, भेट्टाएपछि छोड्दैन । बेइमान, पाजी !”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण