‘छ माया छपक्कै’ हेर्न पुगे गगन थापा
बिहीबार, ०७ कात्तिक २०७६, १२ : ०४
काठमाडौँ – प्रतिनिधिसभाका सांसद तथा नेपाली काँग्रेसका नेता गगन थापाले फिल्म ‘छ माया छपक्कै’ मन परेको बताएका छन् ।
बुबा, आमा, पत्नी र छोरीहरुसँग फिल्म हेरेका थापाले एक ट्वीट मार्फत फिल्म आफ्नो सबै पुस्तालाई मन परेको बताएका हुन् ।
‘बा, आमा, श्रीमती अन्जना केसी थापासँग ‘छ माया छपक्कै’ गगनले ट्वीटमा अगाडि लेखेका ‘हामी तीनै पुस्तालाई चलचित्र खुब मन पर्यो ।’
हात्तीसारस्थित जय नेपाल चलचित्र भवनमा फिल्म हेरेका गगनको ट्वीटमा फिल्म सकिएपछि हल बाहिर अभिनेत्री केकी अधिकारी भेटिएको र रमाइलो भएको समेत उल्लेख छ ।
दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म रोहित अधिकारीले निर्माण गरेका हुन् ।
फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर बांग्देल, अनुराग कुँवरलगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण