सर्वोच्चले उल्ट्यायो पुनरावेदनको फैसला : आठ वर्षपछि पूजामाथि सामूहिक बलात्कार भएको ठहर
शुक्रबार, ०८ कात्तिक २०७६, ०६ : ३४
सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुई जनालाई दोषी प्रमाणित गरेको छ ।
यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो ।
सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ । इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ ।
मुलुकी अपराध संहितामा कुनै पनि व्यक्ति कुनै कसुरमा अदालतबाट कनुनबमोजिम कसुरदार ठहर भइसकेको अवस्थामा ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण