कश्मीर भिडन्तमा ज्यान गुमाएका श्रेष्ठको भारतमै अन्तेष्टि
शुक्रबार, ०८ कात्तिक २०७६, ११ : ३३
बुटवल । गत शनिबार राति भारत–पाकिस्तान सीमा क्षेत्रमा पाकिस्तानी सैनिकसँगको भिडन्तमा ज्यान गुमाएका पाल्पाको रामपुर नगरपालिका–४, सतवर्तका २१ वर्षीय गमिल श्रेष्ठको अन्त्येष्टि भारतमै गरिएको छ ।
गमिलका बाबु रुद्रनारायण श्रेष्ठ र दाजु गणेश श्रेष्ठ गमिलको अन्त्येष्टिमा सामेल हुन भन्दै भारत पुगेका थिए । भारतीय सेनाले बनारसको काशीघाटमा गमिलको दाहसंस्कार गरेको हो ।
छिमेकी कृष्णप्रसाद आचार्यका अनुसार श्रेष्ठको काजकिरिया उनका ९७ वर्षीय हजुरबुवाले गर्दैछन् । गमिलका हजुरबुवा र हजुरआमा जीवितै भएका कारण उनका बाबुले काजकिरिया गर्न नमिल्ने भएकाले हजुबुवाले यो उमेरमा नातिको किरिया गर्नुपरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण