शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वप्रहरी महानिरीक्षक सिंहको स–सम्मान दाहसंस्कार, हेरौं तस्बिरमा

शुक्रबार, ०८ कात्तिक २०७६, १५ : ४०
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– बिहीबार साँझ निधन भएका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा स–सम्मान दाहसंस्कार गरिएको छ । दाहसंस्कारका क्रममा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, पूर्वप्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्व. सिंहका परिवारजन एवं आफन्तजनले समेत स्व. सिंहको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

स्व. सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. सिंहको पार्थिव शरीरमा उनका कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिए । काठमाडौं महाराजगंज निवासी सिंहको ह्‍याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

बझाङको पिपलकोट बुङ्गलमा वि.सं. १९९४ फागुन १ गते जन्मिएका स्व.सिंहका २ छोरा र २ छोरी रहेका छन्। पूर्व प्रहरी महानिरीक्षक सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप