पूर्वप्रहरी महानिरीक्षक सिंहको स–सम्मान दाहसंस्कार, हेरौं तस्बिरमा
काठमाडौं– बिहीबार साँझ निधन भएका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा स–सम्मान दाहसंस्कार गरिएको छ । दाहसंस्कारका क्रममा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, पूर्वप्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्व. सिंहका परिवारजन एवं आफन्तजनले समेत स्व. सिंहको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्व. सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. सिंहको पार्थिव शरीरमा उनका कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिए । काठमाडौं महाराजगंज निवासी सिंहको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
बझाङको पिपलकोट बुङ्गलमा वि.सं. १९९४ फागुन १ गते जन्मिएका स्व.सिंहका २ छोरा र २ छोरी रहेका छन्। पूर्व प्रहरी महानिरीक्षक सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण