सुरक्षा कोषलाई व्यवहारिक बनाउन महासंघको माग
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई व्यवहारिक बनाउन सरकारसँग माग गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवहारिक कठिनाईका कारण सो कोषमा आवद्ध हुने रोजगारदाताहरुमा समेत उत्साह नदेखिएको दावी पनि गरे ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको व्यवसायिक वातावरणको सूचकाँकमा आएको सुधारले बाह्य लगानी भित्र्याउन उत्साह भरेको उल्लेख गर्दै साना तथा मझौंला उद्योग संचालनका लागि उत्साह भर्न आवश्यक कानुन निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले भने निजी क्षेत्रका व्यवसायीहरुले सरकारको नीति, नियमसँग अपडेट नभएको भन्दै गुनासो गरे । उनले चार वर्षअघि निर्माण गरिएका कानुनको विषयमा पनि निजी क्षेत्रले जानकारी नलिएको पनि बताए । सचिव ढुंगानाले सरकारले व्यवसायिक वातावरण बनाउन पर्याप्त कानुनको तर्जुमा गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण