शाहरुखले आफ्नो छोराले फिल्ममा अभिनय गर्न नसक्ने बताउँदै भने, ‘उसमा त्यो कुरा नै छैन’
बलिउडका किंग खानको रुपमा परिचित शाहरुख खानले आफ्नो छोरा अभिनयका लागि ठिक नभएको बताएका छन् । उनले यसको कारण थुप्रै पटक बताइसकेका पनि छन् ।
शााहरुखले थुप्रै पटक उनका छोरा अभिनयमा नभई फिल्म निर्माणमा रुची राख्ने बताइसकेका छन् । आर्यन यतिबेला अमेरिकामा फिल्म निर्माणको पढाई पनि गरिरहेका छन् । केही दिन अघि एक कार्यक्रममा कुरा गर्दै शाहरुख खानले आर्यनको अभिनयबारे कुरा गरेका छन् । उनले आर्यनले अभिनय नगर्ने कारण पनि बताएका छन् ।
शाहरुखले भने, ‘मेरो छोरा अभिनय गर्न चाहँदैन र मलाई लाग्छ कि उसले अभिनय गर्न नै सक्दैन । भारतमा यस्तै संस्कृति छ, फिल्मस्टारका छोरा फिल्मस्टार नै बन्छ भनिन्छ । ऊ राम्रो देखिन्छ, अग्लो छ, ठिक छ । तर उसमा त्यो कुरा नै छैन जुन अभिनयका लागि चाहिन्छ र उसलाई पनि यो कुरा राम्रोसँग थाहा छ । ऊ एक राम्रो लेखक हो ।’
उनले भनेका छन्, ‘आफ्नो तुलना सधैं बुवासँग हुने भएकोले आफू अभिनय गर्न नचाहेको आर्यनले मलाई बताएको थियो । उसले राम्रो गरेको खण्डमा मानिसहरुले ‘ऊ त शाहरुखको छोरा हो, यो त उसको जिनमा छ’ भन्छन् । यदि उसले राम्रो गर्न सकेन भने मानिसहरुले ‘हेर, बुवाले के गर्यो र उसले के गरिरहेको छ’ भन्छन् ।’ शाहरुखले आर्यनको यी कुरालाई निकै इमान्दार र प्राक्टिकल बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण