सिटीको सानदार जित
शनिबार, ०९ कात्तिक २०७६, २३ : ३९
एजेन्सी-इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३–० गोलले हरायो । जितसँगै सिटी दोस्रो स्थानमा छ । सिटीले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो ।
सिटीको जितमा रहिम स्टर्लिङले ४६औं, केभिन डी ब्रुयनले ६५औं र इके गुन्डोगनले ७०औं मिनेटमा गोल गरे । सिटीले १० खेलबाट २२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको नौ खेलबाट २५ अंक छ । ११ अंक बनाएको एस्टन भिल्ला १३औं स्थानमा छ ।