सरकारले जनचाहना अनुसार सम्वृद्ध नेपाल बनाउने छ : गृहमन्त्री थापा
भक्तपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार जनताको चाहाना अनुसारको सुखी नेपाली र सम्वृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ अगाडी बढेको बताएका छन् ।
नेकपा चाँगुनारायण नगर वडा नम्बर ५ कमिटिले छालिङ्गमा गरेको आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, ‘देशलाई समाजलाई, नगरलाई, गाउँलाई सम्वृद्ध बनाएर दुःखबाट मुक्त हुने हाम्रो चाहाना हो ।’
नेपालमा पछिल्लो समय तीव्रगतिमा विकाश भइरहेको र आर्थिक वृद्धिदर ७.१ प्रतिशतभन्दा धेरै भएको तथ्यांक आएको गृहमन्त्री थापाको भनाइ छ । ‘सरकारले १५ औँ पञ्चवर्षीय योजनामा ८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ,’ उनले भने । आउने ५ वर्षभित्रमा दोहोरो अंकको वृद्धिदर हासिल गर्ने लक्ष्य रहेको र १० प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर भएमा सन् २०३० सम्ममा नेपाललाई सम्वृद्ध मुलुक बनाउने सरकारको तयारी रहेको गृहमन्त्री थापाले बताए ।
यो आर्थिक वर्षदेखि आयातमा कमी आएको र निर्यात बढेकाले व्यापार घाटामा समेत कमि भएको उनको भनाइ छ ।
संघीय सांसद महेश बस्नेतले भक्तपुरमा विकास निर्माण तिव्र गतिमा भइरहेको र नेकपाको नेतृत्वमा रहेका स्थानीय सरकारले एउटा वडामा ३ करोड रुपैयाँभन्दा धेरै बजेट विनियोजन गरेको बताएका छन् ।
उनले वर्तमान सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार विकासमा जोड दिएको बताए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भक्तपुर नगरकोट सडकखण्ड समयमा नै निर्माण सम्मपन्न नहुँदा भम्रण वर्ष सन् २०२०लाई असर पर्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
नगर प्रमुख मिश्रले भने, ‘चाँगुनारयण नगरपालिकाभित्र दुई वर्षमा विकासका सम्पूर्ण पूर्वाधार निर्माण गरेर १३ हजार घरघुरीमा खानेपानी सुविधा पु-याउने छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण