टेलर स्विफ्टले पाइन् दशककै उत्कृष्ट आर्टिस्टको उपाधि
शुक्रबार, १५ कात्तिक २०७६, ११ : २४
अमेरिकी गायिका टेलर स्विफ्टले यस वर्षको अमेरिकन म्युजिक अवार्डमा दशककै उत्कृष्ट आर्टिस्टको प्रतिष्ठित सम्मान पाउने भएकी छिन् ।
यो उपाधि उनीबाहेक यसअघि गार्थ ब्रुक्सलाई सन् २००० मा प्रदान गरिएको थियो ।
यसअघि स्विफ्टले चार पटक आर्टिस्ट अफ द इयरको उपाधि पाइसकेकी छिन् । उनी यसवर्ष पनि नोमिनेशनमा परेकी छिन् ।
‘लभर’ की गायिकासँग अमेरिकन म्युजिक अवार्डका २३ अन्य अवार्ड छन् । यसले उनलाई अमेरिकन म्युजिक अवार्डको दशककै उत्कृष्ट आर्टिस्टको शीर्ष स्थानमा पुर्याउन सफल भयो ।
‘टेलरले यो दशकमा संगीत क्षेत्रमा पुर्याएको योगदान निर्विवाद छ । अमेरिकन म्युजिक अवार्डमा उनको प्रस्तुती उत्कृष्ट रह्यो,’ डिक क्लार्क प्रोडक्सनका एक्जिक्युटिभ मार्क ब्राकोले एक वक्तव्यमा भने । ‘हामी उनलाई दशककै उत्कृष्ट आर्टिस्टको उपाधि प्रदान गर्न पाउँदा निकै उत्साहित छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण