अब बैङ्कले उच्च पदस्थ व्यक्तिका परिवारका सदस्यहरुको जानकारी लिन पाउने
बैङ्क तथा वित्तीय संस्थाले जोखिमका आधारमा उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्तिहरुको सूचना तथा जानकारी आवश्यकताअनुसार लिन पाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले ‘एकीकृत निर्देशन’ संशोधनमार्फत सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै यस्तो नीति लिएको हो । यसअघि उच्च अधिकारीका परिवारका सदस्य र निजका व्यक्तिका बारेमा सूचना लिन सक्ने व्यवस्था थिएन ।
राष्ट्र बैङ्कले ग्राहकबाट सूचना लिने वा स्वघोषणा गर्न लगाउने र नेपाल सरकारका सम्बन्धित निकाय वा संस्था वा अन्य निकायहरुबाट सूचना माग गर्न सक्ने व्यवस्था गरिदिएको हो । निर्देशनअनुसार अब बैङ्क तथा वित्तीय संस्थाहरुले अन्तर्राष्ट्रिय प्रचलन अनुसार गर्ने संयन्त्रको विकास गरी त्यस्ता सूचना लिनुपर्नेछ ।
त्यसका लागि नेपाल सरकार वा तोकिएका संस्था÷निकायहरुबाट कम्तिमा पनि वार्षिक रुपमा सूची माग गरी उच्च पदस्थ व्यक्तिको सूची तयार गर्नुपर्नेछ । त्यसैगरी नयाँ संशोधनमा पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई प्रदान गरिने रु १ करोड ५० लाखसम्मको आवासीय घर कर्जामा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने उल्लेख गरिएको छ । ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर÷अपार्टमेन्ट हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
त्यसैगरी ऋणीसँगको सहमतिमा १ वर्षभन्दा बढी भुक्तानी अवधि भएको आवधिक प्रकृतिको कर्जाको लागि तोकिएको अवधिभर ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर तोक्न सक्नेछन् । यस्तो स्थिर ब्याजदर तोकिएको अवधिभर परिवर्तन गर्न पाइने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण