विनोद खन्नाका छोरा सन्यासी बन्दै ?
७० को दशकका सुपरस्टार विनोद खन्ना जब करियरको शीर्ष स्थानमा थिए तब उनले आध्यात्मिक गुरु ओशोको शरण लिएर सबैलाई चकित पारेका थिए । अब उनका छोरा साक्षी खन्ना पनि आफ्नो पिताको कदममा चलिरहेको बताइएको छ । भारतीय भिडियामा प्रकाशित समाचारका अनुसार साक्षीले अध्यात्मको बाटो रोजेका छन् र ओशो इन्टरनेशनल जोइन गरेका छन् ।
साक्षी विनोद खन्नाकी दोस्रो श्रीमती कविताका छोरा हुन् । जब विनोद खन्नाले ओशोको शरण लिएका थिए तब उनी भारतमा निकै कम देखिन्थे । लामो समयपछि जब उनी फिल्मी क्षेत्रमा फिर्ता भए । उनी सन् १९८७ मा फिल्म इन्साफमार्फत् पुनः फिल्ममा देखिए । तर उनले पुरानो स्टारडम हाँसिल गर्न सकेनन् ।
आखिर विनोद खन्नाले सन्यास किन लिए भनेर धेरैलाई थाहा छैन । कतिले विनोदले परिवार र करियरलाई सम्हाल्न नसकेका कारण यस्तो निर्णय लिएको बताए । स्मरण रहोस् सन्यासबाट फिर्ता भएपछि उनको पहिलो श्रीमती गिताञ्जलीसँग सम्बन्धविच्छेद भयो त्यसपछि उनले कवितासँग विवाह गरेका थिए ।
बलिउडमा डेब्यू गर्ने फैलिएको थियो हल्लाः
करिब चार वर्ष अघि साक्षीले मिलन लुथरियाको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेको खबर फैलिएको थियो । तर न त उनले बलिउडमा डेब्यू गरे न नै यसको कारण पत्ता लाग्यो । यस्तै, विनोद खन्नाका जेठो छोरा अक्षय खन्ना बलिउडका चिर परिचित नाम हुन् । सन् २०१९ मा उनको फिल्म सेक्सन ३७५ रिलिज भएको थियो । फिल्मले अत्यधिक चर्चा पनि पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण