सलमानको फिल्ममा सुनिल थापा !
काठमाडौँ । कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने फिल्म ‘क्वाथा’ उनको अभिनय रहने भएको छ ।
‘क्वाथा’ फिल्म अभिनयका लागि आफुलाई अफर आएको सुनिलले बताए । फिल्म अभिनयको विषयमा मौखिक सहमति भएपनि लिखित सम्झौता हुन बाँकी रहेको उनले सुनाए । भने, ‘भूमिका मन परेकोले फिल्ममा काम गर्न राजी भएको हुँ ।’
सुनिलका अनुसार उनलाई भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका अफर गरिएको छ ।
अभिनेत्री कट्रीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्न लागेको यो फिल्ममा सलमानका ज्वाईं आयुष शर्माको मुख्य भूमिका समेत रहनेछ ।
करण भुटानीको निर्देशन रहने फिल्मको जनवरीदेखि छायाँकन सुरु हुने बताइएको छ ।
सुनिलले केही पहिले बलिउड फिल्म ‘मेरी कोम’मा अभिनय गरेका थिए । ‘मेरी कोम’ बाहेक केही बलिउड फिल्म अभिनय गरेका सुनिल नेपाली फिल्मका लोकप्रिय कलाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण