सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पत्नी सुनितासहित बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

मङ्गलबार, १९ कात्तिक २०७६, १९ : ०५
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौं– बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी पत्नी सुनिता आहुजासहित आज नेपाल आइपुगेका हुन् । 

गोविन्दाले  आफ्ना फिल्म हेर्ने सम्पूर्ण नेपालीहरुप्रति आभार समेत प्रकट गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफ्नो फिल्म हेर्ने सबैलाई आभार व्यक्त गरेका हुन् । उनले फिल्मसम्बन्धी दोश्रो कार्यक्रममा भाग लिन आफु नेपाल आएको बताए । 

महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिएको थियो ।  महोत्सव उद्घाटनका दिन गोविन्दाले आफ्नो प्रस्तुति समेत दिने संघले जनाएको छ ।

गोविन्दा गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश भन्ने गर्दछन् । 

महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप