सरकारको कदम मंसिर १४ गतेको उपनिर्वाचनलाई प्रभावित पार्ने षडयन्त्र : काङ्ग्रेस
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले सहमतिको राजनीतिलाई विथोल्ने काम गरेको आरोप लगाएको छ । सो पार्टीले सङ्घीयता कार्यान्वयनका क्रममा संस्थापक रहेका प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर सरकारले बर्खास्ती गरेको आरोप लगाउँदै यो कदमले सहमतिको राजनीतिलाई थप बिथोल्ने आरोप लगाएको हो ।
सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनुपर्नेमा सङ्घीयता कार्यान्वयनसम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेस केन्द्रीय पदाधिकारीको आज बसेको बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, “सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रका रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरीत समेत रहेको बैठकले ठहर गरेको छ” ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण