मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय चरमपन्थी संगठनले नेपाललाई सबैभन्दा ठूलो अड्डा बनाएको अमेरिकी विदेश विभागको दाबी

बुधबार, २० कात्तिक २०७६, ०९ : २१
बुधबार, २० कात्तिक २०७६

अमेरिकी विदेश विभागले ‘कन्ट्री रिपोर्ट अन टेररिजम २०१८’ जारी गर्दै भारतीय चरमपन्थी संगठन इन्डियन मुजाहिदीन (आइएम) बारे ठूलो खुलासा गरेको छ ।

नोेभेम्बर १ मा जारी रिपोर्ट अनुसार आइएमले भारतविरुद्ध चरमपन्थी हमला गर्न नेपालमा सबैभन्दा ठूलो अड्ठा बनाएको छ । साथै उसले पाकिस्तानी चरमपन्थी संगठन लश्कर–ए–तैयब, जैश–ए–मोहम्मद र ‘हरकत उल–जिदाही इस्लामी’ सँग पनि हात मिलाएको उक्त रिपोर्टमा बताइएको छ ।

रिपोर्टमा बताइए अनुसार आइएमको पहिलो लक्ष्य भारतमा चरमपन्थी घटना गराउनु हो । यसैकारण उनले आफ्नो दायरा फराकिलो गर्दै नेपाललाई आफ्नो सबैभन्दा ठूलो केन्द्र बनाएको बताइएको छ । यसका लागि उसले पाकिस्तानसमेत पश्चिम एशियाली देशबाट रकम पनि पाइरहेको रिपोर्टमा उल्लेख गरिएको भारतीय मिडियाले दाबी गरेको छ ।

आइएमलाई सन् २०११ मा अन्तर्राष्ट्रिय चरमपन्थी संगठन घोषणा गरिएको थियोः

भारतीय मिडियाले दाबी गरे अनुसार भारतसँग नेपालको खुल्ला सीमा र काठमाडौंमा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षाका कारण अन्तर्राष्ट्रिय चरमपन्थी संगठनले यसलाई आफ्नो आश्रयस्थलको रुपमा लिइरहेका छन् । आइएमले भारतमा सन् २००५ देखि बम बिस्फोटका घटनाहरु गराउँदै आएको छ जसमा सयौंको ज्यान गुमेको छ । आइएमलाई सेप्टेम्बर ११ सन् २०११ मा फरेन टेररिस्ट अर्गनाइजेशन (एफटीओ) ले अन्तर्राष्ट्रिय आतंककारी संगठन घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप