नक्सामा नेपाली भूमिलाई भारतमा गाभेको विरोधमा विप्लव समूहद्वारा संघर्षको कार्यक्रम घोषणा
बुधबार, २० कात्तिक २०७६, १६ : १५
काठमाडौँ । भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई भारतमा भागेको विरोधमा प्रतिबन्धित नेकपा (विप्लव समूह) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्सामा नेपाली भूमि मिचेर भारतले नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
विप्लवले आफ्नो गल्ती सच्याउन पनि भारतलाई आग्रह गरेका छन् । भारतीय अतिक्रमणका विरुद्ध भन्दै विप्लव समूहले साताव्यापापी संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा कात्तिक २१ गतेदेखि २७ गतेसम्मलाई जुलुस, कोषसभा, दूतावासमा ज्ञापनपत्र, विरोध प्रदर्शन, मोदीको पुतला जलाउनेलगायतका कार्यक्रम तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण