प्रिमियर लिगमा वाटफोर्डको पहिलो जित
रेलिगेसनको मारमा रहेको वाटफोर्डले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई उसकै मैदानमा २–० गोलले हरायो ।
वाटफोर्डको जितमा जेरार्ड डेउलोफेउले खेलको दोस्रो मिनेटमै सुरुवाती गोल गरे । ५२औं मिनेटमा आन्द्रे ग्रेले गोल गर्दै वाटफोर्डको अग्रता दोब्बर बनाएका थिए । त्यसपटि वाटफोर्ड १० खेलाडीमा समेटिएर पनि अग्रता जोगायो । ६५औं मिनेटमा क्रिस्टियन कावासेले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । नर्विचले वाटफेर्डको कमजोरीमा फाइदा उठाउन सकेन ।
यस जितसँगै १२ खेलबाट आठ अंक बनाएको वाटफोर्ड १८औं स्थानमा छ । वाटफोर्डे अझै रेलिगेसन छल्न सकेको छैन । सात अंक बनाएको नर्विच पनि तालिकाको अन्तिममा छ । शीर्ष स्थानमा रहेको लिभरपुलले ११ खेलबाट ३१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ तथा तेस्रो र चौचो स्थानमा रहेको लेस्टर सिटी र चेल्सीको समान २३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण