नेपालको फेरि लज्जास्पद हार
काठमाडौँ । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग टी–२० क्रिकेटमा पनि लज्जासपद हार खेपेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई एक सय १३ रनले हरायो ।
एमसीसीले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटिएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए ।
सन्दीप जोराले १६ र कुशल भुर्तेलले १४ रन बनाए । भिम सार्कीले १३ । कप्तान रोहित पौडेलले ६ रन बनाएका थिए । एमसीसीका एड योङले तीन विकेट लिए । ओलिभर हानन र एलेक्स थोम्पसनले दुई दुई विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा सात विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ खेले । एड योङले ४२, मिल्स हाम्मोन्डले ३३ र एलेक्स थमप्सनले अविजित २० रन बनाए ।
नेपालका राशिद खानले तीन विकेट लिए । कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा र सुशन भारीले एक एक विकेट लिए ।
नेपाल भ्रमणका क्रममा एमसीसी टोलीले अब पोखरामा मुख्यमन्त्री ११ र कास्की आमन्त्रण ११ संग टी–२० खेल खेल्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण