एसिड आक्रमणमा सघाएको आरोपमा १ जना पक्राउ
शनिबार, २३ कात्तिक २०७६, २२ : ५६
हेटौंडा-साढे छ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडाका सञ्जय मण्डल रहेका छन् ।
पक्राउ परेका मण्डलले मुख्य अभियुक्त केशरीलाई एसिड किन्न सघाउनुका साथै एसिड आक्रमणपछि आफ्नो मोटरसाइकलमा राखेर हेटौँडाको वनविज्ञान अध्ययन संस्थानको मुख्य प्रवेशद्वार नजिक पु¥याई त्यहाँबाट वीरगञ्जतर्पm जाने बसमा चढाएको आरोप छ ।
विसं २०७० वैशाख ९ गते हेटौँडाकी १९ वर्षीया किशोरी कंशाकारमाथि केशरीले एसिड छ्यापेका थिए । भारतीय नागरिक केशरीलाई बारा प्रहरीको सहयोगमा मकवानपुरको प्रहरी टोलीले कात्तिक १५ गते बाराबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण