सुपर ओभरमा इङ्ल्यान्डको भाग्य
घरेलु टोली न्युजील्याण्डविरुद्धको पाँच खेलको टी–२० क्रिकेट सिरिज इङ्ल्यान्डले जितेको छ । आइतबार भएको पाँचौं तथा अन्तिम खेलमा न्युजील्याण्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्डले सिरिज ३–१ ले जितेको हो ।
वर्षाले प्रभावित गरेपछि ११ ओभरमा झारिएको खेलमा न्युजील्याण्डले इङ्ल्यान्डलाई जितका लागि एक सय ४३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डले ११ ओभरमा सात विकेटको क्षतिमा एकस सय ४३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा इङ्ल्यान्डले १७ रन जोड्दै न्युजिल्याण्डलाई १८ रनको विजय लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्ड एक विकेट गुमाएर आठ रनमा सकेटियो ।
सुपर ओभर अघि इङ्ल्यान्डका जोनी बेयर्सटोले सर्वाधिक ४७ रन बनाए । साम करणले २४ र कप्तान इयान मोर्गनले १७ रन बनाए ।
न्युजील्याण्डका ट्रेन्ड बोल्ट, मिचेल स्टाननर र जेम्स निशमले समान दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो । न्युजिल्याण्डका मार्टिन गुप्टिलले ५० रनको अर्धशतकीय इनिङ खेल ।
कोलिन मुन्रोले ४६ र टिम सिफार्टले ३९ रन बनाए । इङ्ल्यान्डका साम करण, टम करण, आदील राशिद र शकिब ममुदले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण