मेस्सीले बराबरी गरे रोनाल्डोको किर्तिमान
एजेन्सी । लियोनेल मेस्सीले शनिबार दुईवटा ट्रेडमार्क फ्रिकिक र एउटा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । योसँगै उनले आफ्नो चिरप्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको किर्तिमानलाई बराबरी गरेका छन् ।
सेल्टाभिगोबिरुद्धको ह्याट्रिक बार्सिलोनाका कप्तानको ला लिगामा ३४ औँ ह्याट्रिक थियो । यो प्रिमिएरा डिभिजनमा रोनाल्डोले बनाएको सबैभन्दा धेरै ह्याट्रिकको किर्तिमानको बराबरी हो ।
रियल म्याड्रिडका पूर्व स्टार खेलाडी स्पेन छाडेर इटालीको युभेन्टस पुगिसकेका छन् । अब ढिलाचाँडो यो किर्तिमान पनि मेस्सीकै पोल्टोमा पर्नेछ ।
मेस्सीले यसअघि नै रोनाल्डो अन्तर्राष्ट्रिय क्लब गोलको संख्यामा उछिनिसकेका छन् । गत अक्टोबर २९ मा बार्सिलोनाका लागि ६ सय ८ औँ गोल गरेका थिए । रोनाल्डोले स्पोर्टिङ, म्यान्चेस्टर युनाइटेड, र युभेन्टस गरी हालसम्म ६ सय ६ गोल गरेका छन् ।
त्यसयता मेस्सीले चार गोल गरिसकेका छन् भने रोनाल्डो गोलविहीन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण