बलात्कृत १२ वर्षीय बालिकाको उपचार खर्च सरकारले बेहोर्ने
काठमाडौं-महिला, बालबालिका तथा ज्येष्ठ नागिरकमन्त्री थममाया थापाले बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छिन् । बलात्कारका कारण गर्भवती भएकी बालिकालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री थापाले उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएकी हुन् ।
“बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यर्होछ र बलात्कारीको पहिचान गरी कडाभन्दा कडा कारवाही हुनेछ”, थापाथलीस्थित प्रसूतिगृहमा बालिकालाई भेटेपछि मन्त्री थापाले भनिन् । बौद्विक अपाङ्गता भएकी अछाम रामारोशनकी ती बालिका घाँस, दाउरा काट्न गएको बेला जबर्जस्ती करणी परी गर्भ रहन गएको आफन्तले बताएका छन् । कुकुरले टोकेर सुई लगाउन अस्पताल लैजाँदा दुई हप्ताअघि गर्भवती भएको थाहा भएपछि थापाथलीस्थित प्रसूति बालिकाको पाँच महिनाको गर्भपतन गराइएको थियोे ।
अस्पतालका निर्देशक डा.जागेश्वर गौतमका अनुसार सानै उमेरमा गर्भवती भएका कारण उनको गर्भपतन गराएको हो । बालिकालाई केही समय आराम गर्नुपरेकाले र मनोपरामर्शको पनि आवश्यकता पर्ने भएकाले केही समय काठमाडौँमै राखेर उपचार गरिने मन्त्री थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण