तस्विरमा हेर्नुहोस् चार शताब्दी पुरानो कात्तिक नाच
कात्तिक नाच कात्तिक महिनाभरि सञ्चालन गरिने पाटनको प्रसिद्ध नाच हो। हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच यो वर्ष कार्तिक १५ गतेबाट शुरू भएको छ ।
सिद्धि नरसिंह मल्लको पालादेखि नचाइँदै आएको ३७३ वर्षपुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा नचाइन्छ । विगतमा २७ दिनसम्म चल्ने गरेको यो उत्सव अहिले १२ दिनमा सीमित भएको छ।
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिन्छ।
विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ।
उक्त डवली लाई कात्तिक डवली पनि भनिन्छ। वि.सं. १६९७मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए।सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो। त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो।
उनी पछि उनकै छोरा श्री निवास मल्लको पालामा वि.सं. १७३०मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिन सम्म सो नाच चलाएका थिए।
त्यसपछि उनका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित पन्ध्र दिन थपी एक महिनासम्म सो नाच सञ्चालन गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण