नेकपा सचिवालय बैठक : मन्त्रीबाट को–को होलान् ‘आउट’ ?
सोमबार, २५ कात्तिक २०७६, ०८ : ३७
काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दैछ ।
प्रधानमन्त्रीको सचिवालय र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल पछि सोमबार सचिवालय बैठक बोलाइएको हो ।
अधिकांश मन्त्रीहरुको कार्यसम्पादनमा प्रधानमन्त्री ओली असन्तुष्ट रहेका छन् । नेकपा स्रोतका अनुसार केही मन्त्रीबाहेक अधिकांश मन्त्रीहरु फेरिने छन् । सहमति जुटे उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको छ ।
आइतबार दुई अध्यक्षबीच कुन मन्त्रीलाई हटाउने र कसलाई ल्याउने भन्ने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले यसअघि नै सचिवालयका सबै सदस्यहरुलाई मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिन भनिसकेका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण