भारतसँग वार्ताका लागि औपचारिक प्रस्ताव तयार गर्दै सरकार
काठमाडौँ । नेपाल सरकारले सीमा विवादको विषयमा छलफल गर्न लागि औपचारिक प्रस्तावको तयारी शुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको बैठकमा सरकारको तयारी बारे सचिवालय सदस्यहरुलाई जानकारी गराएका हुन् ।
बैठकमा भएको छलफल बारे जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सीमा विवादको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउँदै सरकारले आफ्नो अडानलाई यसअघि नै प्रष्ट पारिसकेको बताए ।’
श्रेष्ठले दुई देशबीच वार्ताका लागि आफ्नो औपचारिक प्रस्ताव तयार गर्न सरकार लागेको पनि जानकारी दिए । ‘यस विषयमा प्रधानमन्त्रीले आजको बैठकमा पार्टीलाई जानकारी गराउनु भएको छ,’ उनले भने ।
प्रमाण गरेर संकलन आधिकारिक रुपमा प्रस्ताव तयार भएपछि भारतसँग उचित कुटनीतिक संयन्त्रमा छलफल अगाडि बढाइने पनि सरकारले तयारी गरेको श्रेष्ठको भनाइ थियो ।
उनले भारतलाई नयाँ दिल्ली स्थित राजदूतबाट ध्यानाकर्षण गराइसकेको बताउँदै यस विषयमा छ छिट्टै उचित कुटनीतिक माध्यमबाट वार्ता गरिने प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
