बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा रिङरोडभित्र ठूला सवारी साधन नचलाउन आग्रह
सोमबार, २५ कात्तिक २०७६, १७ : ३८
काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणका क्रममा ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग पुर्याउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले भ्रमणका क्रममा रिङरोडभित्र ठूला मालबाहक सवारी साधन नचलाउन विशेष अनुरोध गरेको छ ।
यस्तै वैकल्पिक सडकको प्रयोग गर्न तथा अवस्था ठीक भएका सवारी साधनमात्रै सो अवधिमा सञ्चालनमा ल्याउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यस्तै ट्राफिक सम्बन्धी समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हटलाइन १०३ प्रयोग गर्न महाशाखाले अनुरोध गरेको छ ।
बंगलादेशका राष्ट्रपति हमिद ३ दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार नेपाल आउँदैछन् । उनी नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेड र मार्स बिना बंगलादेश भ्रमणमा जाँदै अस्ट्रेलियाली टोली
-
तथ्यांकमा विश्वकप २०२६
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण