जिल्ला समन्वय समिति उदयपुरको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
मङ्गलबार, २६ कात्तिक २०७६, १२ : ३९
काठमाडौँ । सुनसरीको कोसी गाउँपालिका–४ मा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला समन्वय समिति उदयपुरको स१झ २६८ नम्बरको गाडीले बिहान साढे ९ बजे को३०प ५३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार झापाको पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखियाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।
सोही दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको दमक नगरपालिका–१० का ३० वर्षीय योगेश कुमार धिमाललाई उपचारको लागि विराट नर्सिङहोम विराटनगर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न गाडीसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण