राजेन्द्र महतोको संसदीय कोषबाट ‘विकास’: सडकको बीचमा हातेपम्प !
जनकपुर । प्रतिनिधिसभा अन्तरगत धनुषा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतोको संसदीय विकास योजनामा अनियमितता भएको पाइएको छ ।
कार्यकर्ताहरुलाई पाल्नका लागि जाथाभावी रुपमा योजनाहरु वितरण गरिएको कारणले अहिले विभिन्न योजनाहरुमा अनियमितता भएको देखिएको हो ।
खानेपानी योजनाको नाममा कोषबाट कार्यकर्तालाई रकम बाँडिएकोमा कार्यकर्ताहरुले जथाभावी बीच सडकमै चापाकल (ह्यान्डपम्प) हरु गाडेर बाटोलाई नै अस्तव्यस्त बनाउने काम गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा अहिले बीच सडकमा नै चापाकल गाडेर योजनाको दुरुयोग भएको सहजै देख्न सकिन्छ ।
राजपा नेपाल धनुषाका कार्यकर्ता रामचन्द्र पञ्जियारले कोषबाट रकम पाएका थिए । अहिले उनले आफ्नो घरको अगाडी बिच सडकमा नै खानेपानी चापाकल गाडेका छन् । वीच सडकमै चापाकल गाडिएको कारणले सर्वसाधारण तथा चारपाङ्ग्रे सवारीसाधनहरुको आवतजावतमा समेत समस्या भएको छ । सो योजनाका उपभोक्ता समितिका संयोजक रामचन्द्र पञ्जियारले चापाकल गाड्ने ठाउँको आभावको कारणले वाध्यतावस चापाकल सडकमा गाडेको बताए ।
कनैपनि योजना सञ्चालन गर्नु पूर्व सो वडा र उपमहानगरपालिकासंग समन्वय गर्नुपर्ने आवश्यकता हुन्छ । तर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा बीच सडकमा नै चापाकल गाड्दा कुनै स्थानीय निकायसँग समन्वय नगरिएको जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष शिवकुमार साहले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका सांसदीय योजना अन्र्तगत गाडिएको अधिकांश खानेपानी योजनामा समेत कुनैपनि चापाकलबाट पानी नआएको स्थानीयवासीहरुको गुनासो रहेको छ ।
सो योजना अन्तरगत जनकपुरधाममा मात्रै १८ वटा चापाकल गाडिएको छ भने करिब ७५ वटा चापाकल धनुषाको क्षेत्र नम्बर ३ को ग्रामिण भेगमा गाडिएको राजपा नेपालका नेता मनोज कुमार चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण