कांग्रेसद्वारा डा. गोविन्द केसीको जीवनरक्षाको माग
काठमाडौं । नेपाली कांग्रेसले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पत्रकार सम्मेलन गरी डा केसीको जीवन रक्षाका लागि सरकारसमक्ष माग गरेका हुन् । उनले वार्ता टोली गठन गरेर डा. केसीसँग वार्ता गरी उनका जायज माग पूरा गर्न पनि माग गरेका छन् ।
‘डा गोविन्द केसीको अनसन आज नवौं दिनमा प्रवेश गरिरहँदा स्वास्थ्य स्थिति प्रतिकुल बन्दै गएको खबर डडेल्धुराबाट प्राप्त भइरहेको छ,’ प्रवक्ता शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्थितिप्रति गहिरो संवेदनशीलता राख्न, तत्काल वार्ता टोली गठन गरेर जायज माग सम्बोधन गर्न र उहाँको जीवन रक्षा गर्न नेपाली कांग्रेस सरकारलाई अपिल गर्दछ ।’
कांग्रेसले मेडिकल कलेजका विद्यार्थीहरुले गर्दै आएको आन्दोलनलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । ‘समस्याको विवेकसम्मत हल खोज्न र विद्यार्थीलाई तनावमुक्त वातावरणमा पढ्ने व्यवस्था मिलाउन तत्काल प्रभावकारी पहलकदमीका लागि नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण