शिल्पाले सर्वोच्चमा हालेको रिट खारेज, पक्राउ गर्ने बाटो खुल्यो
काठमाडौँ। सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेलले सर्वोच्चमा हालेको रिट खारेज गरिदिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशले उनको रिट खारेज हुने फैसला गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
यसअघि बहुबिबाहको आरोपमा निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी थिइन् । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । त्यसपछि फरार उनी अदालतले दिएको आदेशविरूद्ध पुनरावेदन अदालत हुँदै सर्वोच्च पुगेकी थिइन् ।
अहिले सर्वोच्चले उनको रिट खारेज गरिदिएपछि प्रहरीलाई पक्राउको बाटो खुलेको छ । शिल्पाले गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
चलचित्र निर्माता छविराज ओझको श्रीमती रहेकी उनको सुरुमा छविसँग विवाद भएको विषय बाहिरिएको थियो । बिबादकै बीचमा छविकी जेठी श्रीमतीले बहुबिबाहको उजुरी हालेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण