शिल्पाले सर्वोच्चमा हालेको रिट खारेज, पक्राउ गर्ने बाटो खुल्यो
काठमाडौँ। सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेलले सर्वोच्चमा हालेको रिट खारेज गरिदिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशले उनको रिट खारेज हुने फैसला गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
यसअघि बहुबिबाहको आरोपमा निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी थिइन् । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । त्यसपछि फरार उनी अदालतले दिएको आदेशविरूद्ध पुनरावेदन अदालत हुँदै सर्वोच्च पुगेकी थिइन् ।
अहिले सर्वोच्चले उनको रिट खारेज गरिदिएपछि प्रहरीलाई पक्राउको बाटो खुलेको छ । शिल्पाले गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
चलचित्र निर्माता छविराज ओझको श्रीमती रहेकी उनको सुरुमा छविसँग विवाद भएको विषय बाहिरिएको थियो । बिबादकै बीचमा छविकी जेठी श्रीमतीले बहुबिबाहको उजुरी हालेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश महिनामा नवलपरासीबाट करिब एक्काइस अर्ब राजस्व सङ्कलन
-
बनेपाका एक हजार घरमा ‘कौसीखेती’
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन